विराटनगरमा रिजालको ग्यासको सिलिण्डर लिक भएर आगलागी, हजुरआमा र नाति घाईते

<span class='c1'>विराटनगरमा रिजालको ग्यासको सिलिण्डर लिक भएर</span> <span class='c2'>आगलागी, हजुरआमा र नाति घाईते</span>

 

प्रेम देवान,
विराटनगर, २० भदौ । विराटनगर १३ मा ग्यास लिक भएर आगलागी भएको छ । आज विहान रिजालको कम्पनीको ग्यास लिक भई आगलागी भएको हो । आगलागीमा २ जना घाईते भएका छन् । विराटनगर १३ बरगाछी सैनिक टोलमा रहेको मुन्नीदेवी रायको भान्सा कोठामा आज विहान आगलागी भएको हो । आगलागीबाट ५५ बर्षिया मुन्नीदेवी राय र उनका ६ बर्षिय नाति आरयुस राय सामान्य घाईते भएका छन् ।
उनीहरुको स्थानिय क्लीनिकमा उपचार पछि घर फर्केका छन् । हिजै मात्र घरमा किनेर ल्याएको रिजालको कम्पनीको ग्यास लिक भएर आगलागी भएको मुन्नीदेबी रायले बताईन् ।
लिक भएको सिलिण्डरमा ठूलो क्षति हुन नदिकोलागि तत्काल ईलाका प्रहरी कार्यलय रानी विराटनगरबाट गएको टोलीले ग्यासलाई सुरक्षित स्थानमा पुर्याएर निभाएको प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । घरमा आमाले ग्यास खोलेर खाना पकाउन लाग्दा अचानक ग्यास लिक भएको घरधनी रामप्रसाद रायले बताए ।
घरमा ग्यास सकिएर हिजै मात्र नया रिजालको ग्यास ल्याएको उनीहरुको भनाई छ । तर आज बिहान ग्यास बाल्दा अचानक सिलिण्डरबाट ग्यास लिक भएर भान्सा कोठामा आगलागी भएको उनले बताए । रिजालको कम्पनीको ग्यासमा यस अघि पनि विभिन्न स्थानमा समस्या देखिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्