विराटनगरका पत्रकारद्धारा पुर्ण प्रेस स्वतन्त्राको ग्यारेन्टीगर्न माग गर्दै सरकारलाई दवाव

<span class='c1'>विराटनगरका पत्रकारद्धारा पुर्ण प्रेस स्वतन्त्राको</span> <span class='c2'>ग्यारेन्टीगर्न माग गर्दै सरकारलाई दवाव</span>

विराटनगर, २० भदौ । नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले पुर्ण प्रेस स्वतन्त्राको ग्यारेन्टीगर्न माग गर्दै नेपाल सरकारलाई ज्ञापन पठाएको छ । महासंघको प्रदेश समितिले मंगलबार प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएको छ । भदौ १ गतेदेखि लागु भएको मुलुकी फौज्दारी र देवानी संहितामा भएका कतिपय प्रावधान प्रेस स्वतन्त्रता विरोधी भएको उल्लेख गर्दै महासंघको प्रदेश एक समितीले संहितामा भएका प्रेस स्वतन्त्रता विरोधी बुंदाहरु सच्याउन माग गरेको हो ।
महासंघका प्रदेश १ का महासचिव विवेक गौतमले वाचन गरेको प्रेस विज्ञप्ती महासंघका प्रदेश अध्यक्ष विक्रम लुइटेलले आन्तरिक मामिला मन्त्री कार्कीलाई बुझाएका थिए । ज्ञापन बुझ्नुहुंदै प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले बुझाइएको ज्ञापन केन्द्र सरकारलाई पठाइने बताए । उनले भदौ ज्ञ गते देखि लागु भएको मुलुकी फौज्दारी र देवानी संहिता विभिन्न क्षेत्रमा देखिएका छाडापनलाई नियन्त्रणगर्ने दाबी गर्दै पत्रकारितालाई पुर्ण स्वतन्त्र राख्न आवश्यक कानुनको स्पष्ट ब्याख्याका निम्ति पहल गर्ने आवश्वासन दिए ।
यसैविच, नेपाल पत्रकार महासघ मोरङ शाखाले पनि जिल्ला प्रशासन मार्फत केन्द्र सरकारलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघका मोरका अध्यक्ष बन्धु पोखरेल, बरिष्ठ पत्रकार शिवबहादुर कार्की, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष विक्रम निरौला लगायतको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी मार्फत ज्ञापन पत्र बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्