विराटनगरको प्राईम सहकारीका तीनजना संचालक पुर्पक्षको लागि जेल चलान

<span class='c1'>विराटनगरको प्राईम सहकारीका तीनजना संचालक</span> <span class='c2'>पुर्पक्षको लागि जेल चलान</span>

 

विराटनगर, २०भदौ । विराटनगर ९ मा रहेको प्राईम बचत सहकारीका संञ्चालकलाई बचतकर्ताको रकम हिनामिना गरेपछि ३ जना संचालकलाई जिल्ला अदालत मोरङले थुनामा राख्न आदेश दिएको छ ।
सहकारीका बचतकर्ताको करिब ४ करोड रुपैया फिर्ता नदिएपछि जिल्ला अदालत मोरङले प्राइम बचत तथा ऋण सहकारीका तीन सञ्चालकलाई थुनामा राख्ने आदेश दिएको हो ।
अदालतले सहकारीका प्रबन्धकसहित ३ जनालाई बुधबार पुर्पक्षको लाथि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । मोरङ अदालतको जिल्ला न्यायाधीश दिपक खनालको आदेश अनुसार सहकारीका प्रबन्धक तथा सचिब विराटनगरका ३४ बर्षिय ईश्वर श्रेष्ठ, सहकारीका प्रमुख ६८ वर्षिय इन्द्रलाल श्रेष्ठ र उपाध्यक्ष विराटनगर ३ का ४० वर्षिय विष्णु प्रसाद सुवेदी पुर्पक्षकोलागि जेल चलान भएका हुन ।
उनीहरुलाई मुलुकी ऐनको अदालती बन्दवस्ती महलको ११८ को देहाय २ बमोजिम थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । वादीकोतर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय विराटनगरका सहयक जिल्ला न्यायधिवक्ता पदमप्रसाद वस्तीले बसह गरेका थिए ।
प्रतिवादी ईश्वरकोतर्फबाट वरिष्ठ अधिवक्ता विश्वनाथ भट्टराई, अधिवक्ता चुडामणी कोइराला, ज्ञानेन्द्र थापा र बुद्धि कुमार श्रेष्ठले बहस गरे । त्यस्तै इन्द्रलालको तर्फबाट वरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराई र सुरेशलाल श्रेष्ठले गरेका थिए । त्यस्तै विष्णुकोतर्फबाट अधिवक्ता नरायण प्रसाद दाहाल, महेशकुमार खड्का, विश्वनाथ भट्टराईले गरेका थिए । सरकारी वकिलको कार्यालयले पक्राउ परेका तीन जना र ९ जनालाई फरार प्रतिवादी बनाएर आइतबार ठगी मुद्दा जिल्ला अदालत मोरङमा दायर गरेको थियो ।
लामो समयदेखी विराटनगर – ९ बाटारोडमा सञ्चालनमा आएको सहकारीले २ सय ६८ जना बचतकर्ताको जाहेरीमा ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ बिगो माग दाबी गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्