भोजपुर अदालतले धरौटीमा छाडेलगत्तै पुनः पक्राउ परे प्रकाण्ड

<span class='c1'>भोजपुर अदालतले धरौटीमा छाडेलगत्तै</span> <span class='c2'>पुनः पक्राउ परे प्रकाण्ड</span>

भोजपुर, २० भदाै । भोजपुर जिल्ला अदालतले ६० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि रिहा भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड) पुन पक्राउ परेका छन् । अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि रिहा भएलगत्तै प्रकाण्डलाई प्रहरीले अदालत परिसर बाहिरबाट पुनः पक्राउ गरेको हो । प्रकाण्डविरुद्ध भोजपुर जिल्ला अदालतमा ३ वटा मुद्दा चलिरहेका थिए । बम बिस्फोट, ज्यान मार्ने उद्योग तथा आगजनीको मुद्दामा बुधवार थुनछेक बहस भएपछि अदालतले धरौटी माग गरेको थियो ।

बम बिष्फोट, ज्यान मार्ने उद्योग मुद्दामा २५ हजार रुपैयाँ र आगजनीमा १० हजार रुपैयाँ धरौटी माग भएको थियो ।अदालतमै धरौटी ग्यारेन्टी भएपछि रिहा भएका प्रकाण्ड अदालतबाट बाहिरिने क्रममा पुनः पक्राउ परेका हुन् । प्रहरीले उनीविरुद्ध दाङमा अर्को मुद्दा रहेको भन्दै पुनः पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्