करको बिषयमा अध्ययन गर्न धरानमा ८ सदस्य कार्यदल गठन

<span class='c1'>करको बिषयमा अध्ययन गर्न धरानमा</span> <span class='c2'>८ सदस्य कार्यदल गठन</span>

धरान, २१ भदौ ।
वृद्धि भएको करको समायोजन गर्न माग गर्दै नेपाली कांग्रेससहित स्थानीय साना दलहरुले संयुक्त रुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेपछि धरान उपमहानगरपालिकाले करका विषयमा अध्ययन गर्न ८ सदस्यीय कार्यदल गठन गरेको छ ।
अत्याधिक कर वृद्धि भएको भन्दै चौतर्फी विरोध हुन थालेपछि धरान उपमहानगरपालिकाले वृद्धि भएको करको अध्ययन गर्न विज्ञहरु सहितको कार्यदल गठन गरेको हो । सर्वदलीय, सर्वपक्षिय संयुक्त संघर्ष समितीले धरान उमपहानगरपालिकाको कार्यलयमा तालाबन्दी गर्ने घोषणा गर्दै आन्दोलनमा उत्रिएपछि उपमहानगरपालिकाले समितीसँग गरेको छलफलबाट कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलले हालको व्यवस्था तथा सम्भाव्यता, क्षेत्र, दर, करको दायरा समेतको विस्तृत रुपमा वैज्ञानिक र व्यवहारिक अध्ययन गरी १० दिन भित्र उपमहानगरपालिकालाई प्रतिवेदन बुझाउने समयावधि तोकिएको छ ।
विज्ञहरुसहितको टोलिले दिएको प्रतिवेदनलाई राजस्व परामर्श समितीमा छलफल गरे पछि सुधार गर्नुपर्ने विषय देखिए नगरसभामा पुर्याएर टुङ्गो लगाईने धरान उपमहानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्