विराटनगर महानगरपालिका कार्यालय भित्रै तिजको रमझम, मेयर-उपमेयरले दिए शुभकामना

<span class='c1'>विराटनगर महानगरपालिका कार्यालय भित्रै तिजको</span> <span class='c2'>रमझम, मेयर-उपमेयरले दिए शुभकामना</span>

 

विराटनगर, २१ भदौ ।
विराटनगर महानगरपालिकाले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । महानगरपालिकाले आफ्ना कर्मचारीहरुका लागि तिज विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सबै महिलालाई तिजको शुभकामना दिदै तिजलाई तडकभडह रहित तरीकाले मनाउन आग्रह गरे । उनले सबै दिदीबहिनीहरुको सौभाग्य, सुस्वास्थ्यको कामना गरे । यस्तै कार्यक्रममा उपप्रमुख इन्दिरा कार्कीले तिजको शुभकामना दिदै सम्पूर्ण दिदीबहिनीहरुको सुख शान्तिको कामना गरिन् । कार्यक्रममा जनप्रतिनिधिहरु, स्वास्थ्य स्वयंसेविकाहरु, कार्यकारीणी सदस्यहरु लगायतको सहभागीता थियो ।

यस्तै, मोरङको कटहरी गांउपालिकामा तीज बिशेष कार्यक्रम गरिएको छ । आनन्द टोल सुधार संगठनको आयोजनामा कटहरी गांउपालिका वडानम्बर ३ र ४ का महिलाहरुले सामुहिकरुपमा तीज बिशेष कार्यक्रममा सहभागि भएका हुन । आयोजक संस्थाकी अध्यक्ष मिथिला कट्वालले पछिल्लो समय तीज मनाउने परिपाटिमा परिर्वतज हुंदै गएको बताईन् । तीज पानी समेत नखाई मनाइने ब्रत मात्र नभई पछिल्लो समय महिलाहरुको प्रतिभा प्रर्दशन, प्रस्फुटन गर्ने अवसरकोरुपमा समेत विकसित हुंदै गएको बताईन् ।
सो अवसरमा सहभागि महिलाहरुले दर खानुका साथै तीज बिशेष गीतहरुमा नृत्य प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्