विश्वमै लोपोन्मुख मानिएको हाब्रे (रेडपाण्डा) जोगाउनका इलाममा पढाइ शुरु

<span class='c1'>विश्वमै लोपोन्मुख मानिएको हाब्रे (रेडपाण्डा)</span> <span class='c2'>जोगाउनका इलाममा पढाइ शुरु</span>

इलाम, रासस । विश्वमै लोपोन्मुख मानिएको हाब्रे (रेडपाण्डा) जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा हाब्रेसम्बन्धी पढाइ शुरु भएको छ ।

हाब्रे पाइने स्थानका विद्यालयका विद्यार्थीलाई रेडपाण्डासम्बन्धी जानकारी गराउने उद्देश्यले पढाइ शुरु गरिएको हो । जिल्लाका विभिन्न स्थानमा हाब्रे पाइने गरेको तर उचित संरक्षण नहुँदा यसको लोप नै हुनेस्थितिमा पुगेको छ ।

उच्च पहाडी संस्थाको आयोजना र रेडपाण्डा नेटवर्क काठमाडौँको आर्थिक सहयोगमा जिल्लाका तीन विद्यालयमा पठाइ शुरु गरिएको छ । विद्यालयस्तरदेखि नै हाब्रेसम्बन्धी जानकारी गराउन सक्दा उचित संरक्षण हुने भएकाले पढाइ शुरु गरिएको यस परियोजनाका संयोजक धनबहादुर खाम्दाकले बताए । विशेष गरी कक्षा ६ र ७ का विद्यार्थीका लागि हाब्रेसम्बन्धी जानकारी दिन लागिएको हो ।

खाम्दाकका अनुसार विद्यालयमा हाब्रेसम्बन्धी मात्र नभई पारिस्थितिक पद्धति, वन तथा वन्यजन्तुलगायतका विषयमा पनि पाठ्यक्रममा समावेश गरिएको छ । जिल्लाका सन्दकपुर गाउँपालिकास्थित जमुनामा रहेका राष्ट्रिय आधारभूत माध्यमिक विद्यालय, भानुद्वय माध्यमिक विद्यालय र सन्दकपुर गाउँपालिकाकै माइपोखरीमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा पढाइ शुरु गरिएको हो । यसै वर्ष थप चार विद्यालयमा समेत पढाइ शुरु गरिने तयारी गरिएको छ । 

रेडपाण्डा नेटवर्कका अनुसार जिल्लामा ३० देखि ३५ वटा हाब्रे रहेकोे तथ्याङ्क छ । तर, जिल्लामा हाब्रेसम्बन्धी जनचेतना नभएको र कुकुरलगायतका जीवजन्तुबाट जोगाउन नसक्दा भएका हाब्रेसमेत जोखिममा परेका छन् । केही महिनाअघि मात्र इलाम नगरपालिकाको पुवामझुवामा कुकुरले शिकार गरेको अवस्थामा एक हाब्रे फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्