दमकमा शववाहन खरिदका रकम जुटाउन फुटसल प्रतियोगिता हुदै

<span class='c1'>दमकमा शववाहन खरिदका रकम</span> <span class='c2'>जुटाउन फुटसल प्रतियोगिता हुदै</span>

दमक भदौ २१ , झापाको दमकमा शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता गराउने भएको हो । उक्त संस्थाका अध्यक्ष बिमल शर्माले यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबाट शववहान ल्याउन सहज हुने र झापा तथा मोरङका विभिन्न आठ लायन्स क्लबको सहभागिताले भाइचारा र सद्भाव पनि वृद्धि हुने बताउनुभयो ।

दमक–९ स्थित रणभूमि फुटसलको खेल मैदानमा हुने सो प्रतियोगिताका विजेताले नगद रु ५० हजार, उपविजेताले रु २५ हजारसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक उज्जवल श्रेष्ठले बताउनुभयो । सो प्रतियोगितामा दमकका आयोजक संस्थासहित विगबुद्ध, युनाइटेड, स्विटसिटी, कमल गाउँपालिकाको लखनपुर लायन्स र मोरङको उर्लाबारी, मिक्लाजुङ्ग र पथरी लायन्स क्लबको सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्