भोजपुरमा बलात्कारमा संग्लन दुई जनालाई जेल चलान

भोजपुरमा बलात्कारमा संग्लन दुई जनालाई जेल चलान

भोजपुर, भदौ २१। जिल्ला अदालत भोजपुरले बलात्कारमा संग्लन दुईजनालाई बिहीबार जेल चलान गर्न आदेश दिएको छ ।

९ वर्षीया बालिका करणी गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ का ‘काजी’ भनिने मानबहादुर बोहोरा र १३ वर्षीया बालिका करणी गर्ने षडानन्द नगरपालिका–१२ का २८ वर्षीय ‘कान्छा’ भनिने भवनी कट्टेललाई कैदसँगै क्षतिपूर्ति तोकेको हो ।

बोहोरालाई करणीमा १० वर्ष र हाडनातामा एक वर्ष गरी ११ वर्ष कैदसहित रु ७५ हजार क्षतिपूर्तिको फैसला गरिएको हो । कट्टेललाई ८ वर्ष कैद र रु ७५ हजार क्षतिपूति तोकिएको छ ।

बोहोराले गत जेठ ६ गते, कट्टेलले जेठ २० गते बालिकालाई करणी गरेको प्रहरीले जनाएको छ ।

दुवैजनालाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलासले कैद तथा जरिवाना तोकेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्