जिल्ला समन्वय समिति मोरङले १७ वटा स्थानीय तहलाई १-१ करोड दिने, ७५ लाखको गाडी किन्दै

जिल्ला समन्वय समिति मोरङले १७ वटा स्थानीय तहलाई १-१ करोड दिने, ७५ लाखको गाडी किन्दै

 

प्रेम देवान
विराटनगर,२१ भदौ । जिल्ला समन्वय समिति मोरङले बिभिन्न शिर्षमा भएको आम्दानीबाट १÷१ करोड जिल्लाका १७ स्थानीय तहलाई बितरण गर्ने भएको छ।  जिल्ला समन्वय समितिको दोश्रो जिल्ला सभाबाट पारित गरेको निर्णयका बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा गत आर्थिक बर्ष २०७४/०७५ मा आम्दानी भएको मध्ये उक्त रकम वितरण गरेको समितिका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।
जिल्ला समन्वय समितिले गत आर्थिक बर्ष २०७४/०५७ मा जिल्लाका खोला नालाको ढुङ्गागिट्टीको ठेक्का वापत कुल २५ करोड ३१ लाख २३ हजार ८ सय १५ रुपैयाँ आम्दानी गरेको थियो । जिल्ला समन्य समिति मोरङले २०७५/०७६ का लागि पाँच करोड ८६ लाख ७६ हजार ५ सयको अनुमानित आय व्यय समते पारित गरेको पोखरेलले बताए ।
समितिको आन्तरिक आम्दानी तर्फ ३५ लाख र नेपाल सरकारको अनुदान तर्फ एक करोड ४२ लाख ५९ हजार रहेको छ भने गत बर्षको आम्दानी बाँधेको चा करोड ६४ लाख १७ हजार ५ सय रहेकोछ । जिल्ला समन्वय समितिको दोश्रो सभाले ढुगागिट्टीको ठेक्का वापत आएको आम्दानीको रकम स्थानीय तहलाई नै वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारले अनुदान वापत जिल्ला समन्वय समिति दिदै आएको अनुदान रकममा यस वर्ष ५० प्रतिशतले कटौती गरेको जिल्ला समन्वय समितिले जनाएको छ । नेपाल सरकारले गत आर्थिक बर्षका दुई करोड ७४ लाख निकास गरेकोमा चालु आर्थिक बर्षकालागि एक करोड २२ लाख मात्र निकासा गरेको प्रमुख पोखरेलले जानकारी दिए ।
७५ लाखको गाडी खरिद गर्दै
स्थानीय तहले धमाधम सवारी साधन खरिद गरिरहेका बेला जिल्ला समन्वय समिति मोरङले पनि ७५ लाख रुपैयाँमा नयाँ गाडी थप्ने निर्णय गरेको छ । जिससका प्रमुख पोखरेलले अनुगमन तथा कार्यालयका लागि आवश्यक पर्ने भएका कारण गाडी खरिद गर्न लागिएको बताए ।
जिल्ला समन्वय समितीमा हाल २ वटा गाडी रहेका छन् । अहिले बा २ झ ७६८ नम्बरको निसान कम्पनी र अर्को बा १ झ ८४७५ नम्बरको टोइटा कम्पनीको ल्याण्ड क्रुजरको गाडी रहेको छ । निसान कम्पनीको गाडी जिसस प्रमुख नरेश पोखरेलले प्रयोग गर्दै आएका छन् भने अर्को अधिकृतले प्रयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्