अपहरणको आरोपमा आठ जना पक्राउ

<span class='c1'>अपहरणको आरोपमा आठ</span> <span class='c2'>जना पक्राउ</span>

काभ्रे -२२ भदाै ।  अपरणमा संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका–५ चौकोटबाट प्रहरीले बिहीबार आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ का २३ वर्षीय दीपक भुजेल, नमोबुद्ध नगरपालिका–१० का ४० वर्षीय राजन घोरासैनी, जिल्ला सर्लाही घर भई बनेपा बस्ने २६ वर्षीय कृष्णहरि अधिकारी, जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ घर भई सूर्यविनायक बस्ने २९ वर्षीय रामेश्वर सिलवाल, जिल्ला रामेछाप खाँडादेबी गाउँपालिका–१ का ३५ वर्षीय टेकबहादुर विक, काठमाडौँ महानगरपालिका–२८ का ४२ वर्षीय धननारायण तण्डुकार, जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ घर भई हाल मकवानपुर बस्ने २८ वर्षीय रञ्जन सिलवाल र जिल्ला मकवानपुर पालुङ–७ का गाडी चालक ४२ वर्षीय नकुल कार्की रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी प्रमुख हिमालयकुमार श्रेष्ठका अनुसार मान्छे अपरहणमा परेको प्राप्त सूचना आधारमा उनीहरुलाई पक्राउ गरिए हाे।

‘घटना अपहरण नै हो, त्यही सूचना आउनासाथ हामीले उनीहरुलाई पक्राउ गर्न सफल भएका छौँ’, उनले भने , ‘घटनामा संलग्नहरु पक्राउ परिसकेको र उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याउने काम भइरहेकाले अनुसन्धानपछि मात्रै विस्तृत जानकारी प्राप्त हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्