चारदलले कानुन उल्लंघन गरेबापत १ करोड ५५ लाख ५० हजार जरिवाना तिर्नुपर्ने

<span class='c1'>चारदलले कानुन उल्लंघन गरेबापत १ करोड ५५</span> <span class='c2'>लाख ५० हजार  जरिवाना तिर्नुपर्ने</span>

काठमाडौं, २२ भदौ । प्रमुख चार राजनीतिक दलले कानुन उल्लंघन गरेबापत राज्यलाई १ करोड ५५ लाख ५० हजार जरिवाना तिर्नुपर्ने देखिएको छ ।  राष्ट्रिय राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले कानुन उल्लंघन गरेबापत जारिमाना तिर्नुपर्ने भएको छ ।

यसरी सबैभन्दा धेरै जरिवना राजपाले तिर्नुपर्ने देखिएको छ भने सबैभन्दा कम कांग्रेसको भागमा परेको छ ।
राजपाले ८१ लाख ५० हजार, नेकपाले ४४ लाख १० हजार, फोरम नेपालले २४ लाख ५० हजार र कांग्रेसले ८ लाख ५० हजार जरिवाना राज्यलाई तिर्नुपर्ने हुन्छ ।राजपा नेपाल ८१५, नेकपाका ४४१, फोरमका २४५ र कांग्रेसका ८८ जनाको केन्द्रीय समिति रहेको छ । प्रतिव्यक्ति १० हजारका दरले यी सबै केन्द्रीय पदाधिकारी र सदस्यले जरिवाना तिर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्