कानुनको अभावमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको मुख्यमन्त्रीहरुकाे निष्कर्ष

कानुनको अभावमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको मुख्यमन्त्रीहरुकाे निष्कर्ष

पोखरा, २२ल  भदाै । प्रदेश सरकार प्रभावकारी संचालन नभए संघीयताको कार्यान्वयन असम्भव नरहेको निष्कर्षका साथ पोखरामा भएको मुख्यमन्त्रीहरुको भेला शुक्रबार सकिएको छ । केन्द्र र स्थानीय तह फरकरुपमा पहिल्यैदेखि क्रियाशील रहेको र संघीयताले थपेको नयाँ संरचना प्रदेश भएकाले सोही अनुसार कानुनी, बित्तिय र प्रशासनिक व्यवस्थापनमा भेलाले जोड दिएको छ । स्रोतसाधन, भौतिक पूर्वाधार, आवश्यक जनशक्ति र कानुनको अभावमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै भेलाले संघीयता मजबुत बनाउन प्रदेश सरकार बलियो र प्रभावकारी हुनपर्ने र यसका लागि संघीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्