विराटनगर, २२ भदौ । प्रदेश नं १ का प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरसफाई अभियान शुरु गरेका छन् । सरसफाईको काम आफैबाट शुरु हुन्छ भन्ने उदेश्यका साथ सरसफाई अभियानको थालनी गरेका हुन । सरसफाईको पहिलो दिन कार्कीको नेतृत्वमा विराटनगर महानगरपालिका वडा नम्बर ११ को पञ्चमुखी चोकमा सरसरसफाई गरिएको हो ।
पञ्चमुखी चोकमा रहेको रहेको कबि धरणिधरको सालिकको सरसफाई गर्नुका साथै रंगरोगन समेत गरिएको कार्कीको निजी सचिवालयले जनाएको छ । आफ्नो निर्वाचन क्षेत्रमा गतिबिधि बढाउनको लागि पनि सरसफाईको आयोजना गरिएको बताईएको छ ।