रथ यात्रामा सबै धर्म गर्न आउँदैनन्, सिक्री र मोटरसाईकल चोर्नेसम्मको दाउ (सिसिटिभी फुटेज सहित)

<span class='c1'>रथ यात्रामा सबै धर्म गर्न आउँदैनन्, सिक्री</span> <span class='c2'>र मोटरसाईकल चोर्नेसम्मको दाउ (सिसिटिभी फुटेज सहित)</span>

 

प्रेम देवान ,
विराटनगर, २२ भदौ । विराटनगरमा निकालिने ऐतिहाँसिक रथ यात्रामा मनमा धर्मकर्म कमाउन भनेर धेरै श्रदालु भक्तजनहरु आउने गर्छन् । तर कतिपय यस्ता पिपासुहरु हुन्छन् जो धर्मको नाममा अबैध कामको लागि आउने गरेका हुन्छन् । रथयात्राका दिन विराटनगरका सडकमा सबैलाई थाहा हुन्छ, त्यो दिन निक्कै भिड हुनछ । त्यही भिडभाडको मौका छोपी चोरी गर्ने ब्यक्तिहरुको बाक्लो उपस्थिती हुने रहेछ भन्ने पछिल्लो रथयात्रामा भएका घटनाले पुष्टी गरेको छ।
रथ यात्राको दिन प्रहरीले ५ दर्जन बढी चोरहरुलाई नियन्त्रणमा लिएको थियो । चोरी गर्न आउने अधिकांश भारतीय नागरिकहरु रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलयबाट खटिएको विशेष प्रहरीको टोलीले चोरीमा संग्लन ६० जना बढी चोरहरुलाई नियन्त्रण लिएको थियो । प्रहरीले विभिन्न व्याक्तीहरुको सुन, मोवाईल, पर्स चोरी गर्ने व्याक्तीहरुलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान थापाले बताए ।
चोरी गर्ने सिसि क्यामेरामा कैद
गत भदौ १८ गते सुनसरी जिल्लाको गढी गाँउपालिका ३ वाट आएका अर्जुन कुमार मेहता विराटनगरको रथ यात्रा हेर्न ब्यस्त थिए । रथको डोरी छुन भनेर एक बर्ष अगाडी किनेको को ११ प ६५६३ नम्बरको मोटर साईकलमा आए । उनले विराटनगरको महाविर रोडमा रहेको होटल छेउमा मोटरसाईकल राखे अनी रथको अवलोकन हेर्न गए ।
तर उनी रथको दर्शन गरेर फर्कँदा उनले राखेको मोटसाईकल त्यहाँ थिएन । चोरी भईसकेको थियो । उनले राखेको स्थानबाट नै हिरोहोण्डा स्प्लेण्डर कम्पनीको खैरो कलरको मोटसाईकल गायब भयो । उनले तत्काल जिल्ला प्रहरी कार्यलय मोरङमा निवेदन दिए । उनले राखेको मोटरसाईकल त्यही एक होटलमा राखिएको सिसि क्यामारामा कैद भएको रहेछ । अनी बाईक चोरी भएको भिडियोपनि त्यहीँबाट फेला पर्यो । महाविर रोड पस्चिमबाट पहेला सर्ट र कालो पेन्ट लगाएको ब्यक्तिले त्यहाँ देख्न सकिन्छ । बाईक चोरी गर्ने व्याक्ती विस्तारै यता–उता हेन्र्छन र कसैलाई वास्ता नगरी बाईक माथी चढ्छन् । तर उनलाई कुदाउन अप्ठेरो भएपछि हिड्दै बाईक डोर्याएर लग्छन् । उनको बाईक यसरी चोरी हुन्छ हेर्नुहोस यो भिडीयोमा.....।

चोरीको बाईक सिसि क्यामारामा भएको भिडियो हेरेर खोजिकार्य भईरहेको मोरङका डिएसपी निशान थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्