भयावह बलात्कारका घटना : मुलुकभर १ हजार ४ सय ८० बलात्कारका घटना सार्वजनिक

<span class='c1'>भयावह बलात्कारका घटना : मुलुकभर १ हजार</span> <span class='c2'>४ सय ८० बलात्कारका घटना सार्वजनिक</span>

काठमाडौं, २३ भदौ । बलात्कार जस्तो पाशविक घटनाले समाजलाई भयभित बनाउँदै गर्दा बलात्कारमा परेका बालिकाहरुमा डरलाग्दो मानसिक समस्या देखिएको छ । आर्थिक बर्ष ०७४÷७५ मा मुलुकभर १ हजार ४ सय ८० बलात्कारका घटना सार्वजनिक भए । ती मध्ये १ सय ९ बालिकाको ओसिएमसी अर्थात् अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एक द्वार संकट ब्यबस्थापन केन्द्रमा राखी उपचार गरिएको छ । केन्द्र अनुसार बलात्कारमा परेका बालिकाहरुमाथिको मानसिक आघात झनै पीडादायी छ ।

दिनप्रतिदिन डरलाग्दो तवरबाट बलात्कारको घटना बढिरहेको अवस्थामा पीडितमा यसले निम्त्याएको मानसिक समस्या पनि कम डरलाग्दो छैन । कतिपय बलात्कृत बालिकाहरु लामो उपचारपछि शारीरिक रुपमा ठीक भए पनि महिनौसम्म उनीहरुको जीवन सामान्य बन्न सकेको छैन । अर्थात उनीहरु विक्षिप्त बनेका छन् । बढी डराउने, आतिने, राति चिच्याउनेलगायत लगायत अधिकांशमा मानसिक समस्या देखिने गरेको र बलात्कृत बालिका तथा महिलाहरुमा मानसिक समस्या कम गर्न बलात्कारीले सजाय पाएको समाचार प्रभावकारी हृने प्रसूतिगृह ओसिएमसी विभागकी इञ्चार्ज सुकु लामाको धारणा छ ।

कुनैपनि महिला बलात्कारका मुद्दामा अन्य प्रमाणका अतिरिक्त पीडितको बयान, स्वास्थ्य परीक्षण रिपोर्ट र प्रतिकार गर्दाका चिन्हहरूलाई महत्व दिइन्छ । बलात्कारको घटनामा पीडितको शारीरिक जांच ,बिधि बिज्ञान लिगल मेडिकल परीक्षण, एचआइभी, गर्भवती जांच, यौनरोग उपचार, साइकोसोसल काउन्सिलिङ लगायतको सेवा ओसीएमसी अर्थात अस्पतालमा आधारित लैंगिक हिँसा सम्बन्धि एक द्वार संकट ब्यबस्थापन केन्द्रबाट दिइन्छ । आर्थिक बर्ष ७४ ÷ ७५ मात्र १४ बर्ष मुनिका १ सय ९ जना बलात्कृत बालिकाको मेडिकल परीक्षण लगायत उपचार प्रसुति गृहको ओसीएमसीबाट भयो । त्यस्तै १५ देखि ४९ उमेर समुहका १ सय ८७ ,५० देखि ६५ उमेर समुहका १ र ६५ बर्ष भन्दा माथिका दुइ जना महिला बलात्कृत महिलाको उपचार पनि यही केन्द्रबाट भएको छ ।

बलात्कारका क्रममा अंगभंग भएका, घाउ र मानसिक समस्याकोसमेत उपचार प्रसूतिगृहले गर्दै आएको छ । गत साउन महिनामा मात्रै ४२ वटा बलात्कारका केस आएको प्रसूतिगृह ओसिएमसी विभागले जनाएको छ । नेपाल सरकारले विगत ७ वर्षदेखि ओसिएमसीका लागि बजेट विनियोजन समेत गरेको छ । नेपाल सरकारको ४५ वटा अस्पतालमा आधारित लैंगिक हिँसा सम्बन्धि एकद्वार संकट ब्यबस्थापन अर्थात् ओसीएमसी केन्द्र स्थापना गरेको छ ओसिएमसी प्रसूतिगृह नेपालको सबैभन्दा पहिलो र ठूलो हो । यसले लैगिङ्क हिंसा, यौन दुव्र्यवहारमा परेकी महिला, शारीरिक तथा मानिसक रुपमा हिंसामा परेका महिला तथा बलात्कृत महिलालाई स्वास्थ्य उपचार तथा कानूनी सेवासमेत प्रदान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्