बिराटनगर भाद्र २३ गते ।
मिक्लाजुङ गाउँपालिका-५ स्थित सानो साम्लिङमा रहेको कुलुङ झरनाले बगाएर बेपत्ता भएका १ युवकको बुधबार शव भेटिएको छ ।
भाद्र १९ गते मंगलबार दिउँसो साथीहरुसंग झरनामा नुहाउन गएका जिल्ला मोरङ उर्लाबारी नगरपालिका-३ बस्ने वर्ष २० को कृष्ण पौडेल चिप्लिएर तल खस्दा झरनाले बगाएर लगेको थियो ।
पौडेललाई स्थानीयवासी र अस्थायी प्रहरी चौकी टाँडीबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्दा बुधबार दिउँसो १ बजे उनको शव जिल्ला मोरङ लेटाङ नगरपालिका-८ स्थित तेली खोलाको बगरमा फेला परेको हो ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय लेटाङबाट टोली खटिगई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमका लागि मंगलबारे अस्पताल पठाईएको छ ।