तीजको दर खाँदा ५० जना विरामी …फुड प्वाइजन भएको हुन सक्ने

<span class='c1'>तीजको दर खाँदा ५० जना विरामी</span> <span class='c2'>…फुड प्वाइजन भएको हुन सक्ने</span>

काठमान्डौ २३ भदौ । काभ्रेको पाँचखाल नगरपालिका(१२ मा तीजको दर खाएका ५० जना बिरामी परेका छन् । कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरु बिरामी परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय र पाँचखाल प्रहरी चौकीको टोली शनिबार बिहान घटनास्थल पुगेर बिरामीहरुलाई उपचारको लागि पठाएको छ ।
बिरामी भएकाहरुको धुलिखेल सामुदायिक अस्पताल र शिरमेमोरियल अस्पतालमा उपचार भैरहेको एसपी रविराज खड्काले जानकारी दिए । केहीको पाँचखालस्थित गौतम मेडिकल र सदीप मेडिकलमा उपचार भइरहेको छ ।
बिरामी भएकाहरु महिला, पुरुष र बालबालिका छन् । उनीहरुमा फुड प्वाइजन भएको र सबैजना बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्