जनताबाट उठाएको करबाट तीज कार्यक्रम गर्न लागेको भन्दै अर्धनग्न भएर विरोधमा उत्रिएपछि

जनताबाट उठाएको करबाट तीज कार्यक्रम गर्न लागेको भन्दै अर्धनग्न भएर विरोधमा उत्रिएपछि

झापा, २३ भदौ । सिंहदरबार अगाडि नाङ्गो विरोध प्रदर्शनपछि पक्राउ परेर रिहा भएका झापाका विकेन लिम्बूले शुक्रबार भद्रपुरमा अर्धनग्न विरोध प्रदर्शन गरेका छन् ।
भद्रपुर नगरपालिका कार्यालयले करको बजेटबाट तीज कार्यक्रम गर्न लागेको भन्दै भद्रपुर नगरपालिका ३ स्थित पृथ्वीनगर निवासी लिम्बूसहित दुई दर्जन बढी युवाले अर्धनग्न विरोध प्रदर्शन गरेका हुन् । लिम्बू नेतृत्व चेतनशील युवा समूहका युवाहरुले भद्रपुर बसपार्कबाट अर्थनग्न विरोध ¥याली निकाल्दै भद्रपुर बजार परिक्रममा गरी भद्रपुर नगरपालिका अगाडि पुगेर विरोध प्रदर्शन गरेका थिए ।
युवाहरुले अर्धनग्न विरोध प्रर्दशन गरेपछि प्रहरीले भद्रपुर नगरपालिका अगाडि पुग्नुअघि नै रोकेको थियो । प्रहरीले रोकेपछि युवाहरुले भद्रपुर नगरपालिका र प्रहरीविरुद्ध चर्को नाराबाजी गरेका थिए । युवाहरुले चर्को नाराबाजी गरेपछि प्रहरीले शान्तिपूर्ण प्रदर्शन गर्न भन्दै नगरपालिका अगाडि जान अनुमति दिएको थियो । करिब एक घण्टा गरेको विरोध प्रदर्शनको नेतृत्व गरेका लिम्बूले नगरपालिकाले जनताले तिरेको करबाट तीजको दर खुवाउने कार्यक्रम गर्न लागेको विरोधमा प्रदर्शन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्