माछा मार्ने क्रममा करेण्ट लागेर १ जनाको मृत्यु

<span class='c1'>माछा मार्ने क्रममा करेण्ट</span> <span class='c2'>लागेर १ जनाको मृत्यु</span>

झापा, २३ भदौ । झापा जिल्लाको शिवसताक्षी नगरपालिका(१ स्थित शुक्रबारेमा शनिवार दिउँसो माछा मार्ने क्रममा करेण्ट लागेर १ जनाको मृत्यु भएको छ ।

दिउँसो करिव १२ ः ४० बजेको समयमा घर नजिकै रहेको खोलामा करेण्ट प्रवाह गरी माछा मार्ने क्रममा शिवसताक्षी नगरपालिका( १ शुक्रबारे बस्ने डम्बर दाहालको छोरा वर्ष ३२ को दिनेश दाहालको मृत्यु भएको हो ।
करेण्ट लागेर गम्भीर घाईते भएका दाहाललाई उपचारका लागि लाईफलाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा सोही अस्पतालमा दिउँसो १ बजे मृत्यु भएको हो ।

उक्त स्थानमा प्रहरीको टोलीले कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्