निर्मला हत्या प्रकरण.. दिलिपको मानसिक स्वास्थ्य तथा यौन उत्तेजनाको परीक्षण सम्पन्न, रिर्पोट अदालतमा बुझाइने

<span class='c1'>निर्मला हत्या प्रकरण.. दिलिपको मानसिक स्वास्थ्य तथा</span> <span class='c2'>यौन उत्तेजनाको परीक्षण सम्पन्न, रिर्पोट अदालतमा बुझाइने</span>

काठमाडौँ २४ भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेका दिलिपसिंह बिष्टको स्वास्थ्य परीक्षणको काम सकिएको छ ।
बिष्टलाई १० दिन काठमाडौँ राखेर उनको स्वास्थ्य परीक्षण सम्पन्न गरिएपनि अस्पतालले दिएको स्वास्थ्य परीक्षण रिर्पाेट भने सार्वजनिक गरिएको छैन । कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले बिष्टको स्वास्थ्य परीक्षण रिपोर्ट प्राप्त भएको तर शिलबन्दी भएकोले आफूहरुले नखोलेको जानकारी दिए ।
उनले दिलिपको स्वास्थ्य परीक्षण रिर्पाेट प्रहरीले सोझै अदालतमा पेश गर्ने बताए । काठमाडौँमा स्वास्थ्य परीक्षण सकेर दिलिपलाई महेन्द्रनगर लगिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनको मानसिक सन्तुलनको अवस्थाबारे परीक्षण गर्न काठमाडौँ ल्याएको थियो । दिलिपको मानसिक अवस्थासँगै यौन उत्तेजनाको पनि परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्