बिराटनगरमा मेडिकल, प्यारामेडिकल र इन्जिनियरिङ्ग मोडेल परीक्षा दिन विद्यार्थीको घुईचो

<span class='c1'>बिराटनगरमा मेडिकल, प्यारामेडिकल र इन्जिनियरिङ्ग</span> <span class='c2'>मोडेल परीक्षा दिन विद्यार्थीको घुईचो</span>

बिराटनगर, २४ भाद्र, । बिराटनगर निलसदनस्थित ग्रिणल्याण्ड र कान्तिपुर कलेजहरुमा मेडिकल, प्यारामेडिकल र इन्जिनियरिङ्ग अध्ययन गर्न चाहने विद्यार्थीहरुले नमुना प्रवेश परिक्षा दिएका छन् ।
परिक्षामा १ सय ९८ विद्यार्थीहरुको सहभागिता रहेको कान्तिपुर कलेजका को(ओर्डिनेटर कृष्ण भण्डारीले जानकारी दिनुभयो । परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको भण्डारीले बताउनुभयो ।

अहिले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ को परिक्षा दिए पछि मेडिकल, प्यारामेडिकल वा इन्जिनियरिङ्ग पढ्न चाहेमा आइ.ओ.एम वा आइ.ओ.इ वा सम्बन्धित विश्वविद्यालयको परिक्षाहरु दिनु पर्ने हुन्छ । दस हजार भन्दा बढी विद्यार्थीहरुले यी परिक्षा दिए पनि यिनिहरुमा एक सयको हाराहारीमा मात्र छात्रवृत्ति सिट हुने गर्दछ । आफुहरु यो अवस्थाबाट गुज्रिएकोले अब आफ्ना जुनियरहरुलाई परिक्षाको तयारी कसरी गर्नु पर्छ र सो परिक्षामा कसरी नाम निकाल्न सकिन्छ भन्ने कुरा सिकाउन उक्त परीक्षा गरिएको परीक्षा संयोजक हर्सित जैनले दिए ।

बिराटनगरस्थित ग्रिण्ल्याण्ड र कान्तिपुर कलेजहरुले मेडिकल, प्यारामेडिकल र इन्जिनियरिङ्ग अध्ययन गर्न चाहने विद्यार्थीहरुकालागि कक्षा ११ देखि नै निस्शुल्क प्रवेश परिक्षा तयारी कक्षाहरु संचालन गर्दै आएका छन् ।
अहिले बिराटनगर पुर्वमै शिक्षाको केन्द्रविन्दु बने पनि यहाँबाट मेडिकल, प्यारामेडिकल र इन्जिनियरिङ्ग क्षेत्रमा नाम निकाल्ने विद्यार्थीहरुको संख्या एकदमै कम रहेको र यस्ता परिक्षाहरुले विद्यार्थीहरु प्रोत्साहित गर्दा मेडिकल, प्यारामेडिकल र इन्जिनियरिङ्गको तयारीमा ठूलो सहयोग गर्ने ग्रिणल्याण्ड कलेजका प्रिन्सिपल दिपक पोखरेलले बताए ।
आगामी दिनहरुमा बिराटनगर, इटहरी र धरानका अरु कलेजहरुमा पनि यस्तै परिक्षा संचालन गर्ने परिक्षा संयोजक जैनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्