विराटनगर महानगरपालिका दुइ कर्मचारी घुस लिएकाे अाराेपमा ८३ हजार नगदसहित पक्राउ (अपडेट)

विराटनगर महानगरपालिका दुइ कर्मचारी घुस लिएकाे अाराेपमा ८३ हजार नगदसहित पक्राउ (अपडेट)

-प्रेम देवान
विराटनगर महानगरपालिकाकाे राजश्व शाखामा कार्यरत खरिदार तिलकमणी पाेखरेल र कार्यालय सहयाेगी बाेधनारायण सरदार रूपैयाँ ८३ हजार नगद सहित पक्राउ परेका छन् । उनीहरूलाइ सेवाग्राहीसँग घुस लिएकाे अाराेपमा पक्राउ गरिएकाे हाे । पाेखरेललाइ वडा नम्बर ७  का अध्यक्ष मधु तिवारी लगायतकाे समुहले सेवाग्राहीले गरेकाे गुनासाेका अाधारमा पक्राउ गरिएकाे जानकारी प्राप्त भएकाे छ ।
पाेखरेलले अाफुलाइ रिसिबि साँध्न फसाइएकाे बताउदै अाफुले कसैबाट रकम नलिएकाे दाबी गरे । पाेखरेलले भने, 'करिब ७३ हजार रूपैंयाकाे ठाँउमा ८३ हजार जति रकम भएपछि बढि भएकाे रकम जस्ताकाे त्यस्तै राखिदिएकाे थिए' । (हेर्नुहाेस भिडियाे)

वडाध्यक्ष तिवारीले सेवाग्राहीकाे काम गर्न रकम माग भएपछि अाफुहरूले नाेटकाे नम्बर लेखेर नै घुस दिएकाे र साेहि अनुसार पाेखरेलले अाफुले घुस लिएकाे स्विकारी सकेकाे बताए ।

लगातार कामका लागि धाइ रहँदा पनि काम नभएपछि ७३ हजार ५ सय पचहत्तर रूपैंया तिर्नु पर्ने ठाँउमा सुरूमा खरिदार पाेखरेलले १ लाख ४० हजार रूपैंया माग गरेकाे तर अाफुहरूले ८३ हजार रूपैंया दिएकाे सेवाग्राही मिना शाक्यले बताइन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अावर विराटनगरसँग घटनाकाे बारेमा बाेल्दै भने, 'यस घटनाबारे बिहानै देखि लागि परेर दाेषीलाइ कारबाहिकाे दायरामा ल्याइएकाे छ' , मेयर पराजुलीले 'सेवाग्राहीले जानकारी गराइदिदा मात्र यस्ता घटना बाहिर अाउने हुँदा , सबैलाइ सचेत भएर यस्ता भ्रष्टाचारका घटना बारे अाफुलाइ जानकारी गराए दाेषीलाइ कारबाहि गराउने विस्वास दिलाउन चाहन्छु । '

उनीहरूलाइ थप अनुसन्धानका लागि अख्तियारकाे टाेलीले पक्राउ गरेर लिएर जान लागेकाे जानकारी प्राप्त भएकाे छ ।

थप जानकारी केहि समयमा अपडेट गराउने छाैं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्