इलाममा कक्षा ६ मा पढ्ने बालिका गर्भवती ,११ जनाबिरुद्ध बलात्कारको आरोप

इलाममा कक्षा ६ मा पढ्ने बालिका गर्भवती ,११ जनाबिरुद्ध बलात्कारको आरोप

ईलाम । ईलाम जिल्लाको देउमाई नगरपालिकामा कक्षा छ मा पढ्ने १३ वर्षीया बालिका बलात्कार भएको घटना सार्बजानिक भएको छ । बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा प्रहरीले देउमाई नगरपालिका वडा नं ९ का नौजनालाई पक्राउ गरेको छ ।

बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भमा २४ हप्ताको गर्भ रहेको पुष्टि भएको छ । केही दिन अघि उनका हजुरबाले दिएको उजुरीका आधारमा आरोपीहरू पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताउनुभयो । अनुसन्धान पुरा नभएकाले पक्राउ परेकाहरुको भने नाम नखुलाईएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

एकै ठाउँका ११ जनाविरुद्ध बलात्कारको उजुरी परेपनि अहिलेसम्म ९ जनालाईमात्र पक्राउ गरिएको र बाँकी दुईजना फरार रहेको प्रहीले बताएको छ ।

पिडितका पक्षले दिएको जाहेरी अनुसार सबैले फरक–फरक समयमा बलात्कार गरेको हुन् । उजुरी परेकाहरूको उमेर १८ वर्षदेखि ६५ वर्षसम्मका रहेका छन् । पिडि बालिकाको भनाई अनुसार सुरुमा आफ्नै फुपाजुले बलात्कार गरेका थिए । उनको पेट अस्वभाविक रुपमा ठूलो देखिएपछि परिवार र आफन्तले सोधपुछ गर्दा फुपाजुले बलात्कार गरेको बताइन् । त्यसपछि स्थानीयले फुपाजुलाई बालिका जिम्मा लगाएर घटना मिलाएका थिए ।

गाउँमै घटना मिलाए पनि अधिकारवादी संघसंस्था प्रहरीमा पुगेका थिए । प्रहरीले फुपाजुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेको छ । उनको म्याद थप गराउन सरकारी वकिलले बालिकाको बयान लिने क्रममा बालिकाले अन्य १० जनाले पनि आफुलाई बलात्कार गरेको बयान दिएकी थिइन् ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्