विराटनगर महानगरपालीकामा ८५ हजार रकम सहित पक्राउ परेका कर्मचारीलाई महानगरपालीकाले निलम्बन गर्न सक्ने

विराटनगर महानगरपालीकामा ८५ हजार रकम सहित पक्राउ परेका कर्मचारीलाई महानगरपालीकाले निलम्बन गर्न सक्ने

प्रेम देवान
विराटनगर, २४ भदौ । विराटनगर महानगरपालिका वितिय व्यावस्थापन महाशाखाका खरिदार र कार्यलय सहयोगीले सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार आयोगको टोलीले पक्राउ गरेको छ ।

[caption id="attachment_64084" align="alignnone" width="1280"] अख्तीयार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीले पक्राउ परेका दुवैलाई सोधपुछ गर्दै
तस्वीरः प्रेम देवान[/caption]

महाशाखाका खरिदार तिलकमणि पोखरेल र कार्यलय सहयोगी बुधलाल सरदारलाई आईतबार महानगरपालीकाको राजश्व महाशाखाबाट फक्राउ गरेको हो ।
विराटनगर ७ की मीना शाक्यबाट घरजग्गा कर तिर्ने बिषयमा घुस लिएको आरोपमा दुवैलाई अख्तीयार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीले पक्राउ गरेको हो । अख्तियार आयोगबाट उमेश अधिकारीको नेतृत्वमा आएको ७ सदस्यीय टोलीले पक्राउ गरेको छ ।
कार्यलय सहयोगी बुधलालले पोखरेलको टेवलमा मीनाबाट लिएको ८५ हजार रुपैया बुझाउदै गर्दा महानगरपालीकाका मेयर भीम पराजुली र वडा नम्बर ७ का वडा अध्यक्ष मधुबाबु तिवारीले रंगेहात पक्राउ गरेका थिए ।
मीनाबाट ८५ हजार रकम लिएर ७३ हजार ५५५ रुपैया राजस्व काटेर ११ हजार ४ सय ४५ रुपैया पोखरेलले राखेका थिए ।
पक्राउ परेका दुवै कर्मचारीलाई महानगरपालीकाले निलम्बन गर्ने जनाएको छ । सोमबार बोर्ड बैठक बसेर दवैले घुस लिएको अख्तियारको छानविन समितीले पत्ता लगायो भने निलम्बन गरिन सकिने मेयर भीम पराजुलीलले जानकारी दिए ।
बोर्ड बैठक बसेर आन्तरिक छानविन समिती बन्छ, त्यसपछि छानविन समितीले निर्कष निकाले पछि दुवैलाई निलम्बन गर्न सक्ने पराजुलीले बताए । उता पक्राउ परेका दुवै कर्मचारीले भने आफूहरुलाई नियोजित रुपमा फसाइएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्