रोल्पाको सुलीचौरमा गोली चल्दा एकजनाको मृत्यु

 रोल्पाको सुलीचौरमा गोली चल्दा एकजनाको मृत्यु

राेल्पा, २४ भदाै । रोल्पाको सुलीचौरमा गोली चल्दा एकजनाको मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका ४ सुलीचौरमा गोली चल्दा एकजनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सुलीचौर अगाडि नै गोली चलेको हो । गोली प्रहारबाट रोल्पा नगरपालिका–२ घर भएका रोहित पुन मगरको मृत्यु भएको छ । पुन नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका नगर अध्यक्ष रहेको खुलेको छ । प्रहरीका अनुसार रोल्पा नगरपालिका–१० घर भएका देव बहादुर घर्तीमगरले अटो लोडेड पेस्तोलबाट पुनमाथि गोली चलाएका हुन् । गोली चलाउने घर्तीमगर पूर्व माओवादी कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

गोली लागेर ढलेका पुनलाई उपचारका लागि प्राथमिक उपचार केन्द्र सुलीचौरमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गोली प्रहार गर्ने घर्तीमगरलाई नियन्त्रणमा लिएको छ । घर्तीले पुनमाथि गोली चलाउनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्