कोशीटप्पु र जावलाखेलका अर्नाले चितवनमा पाडापाडी पाएपछि‍‍……

<span class='c1'>कोशीटप्पु र जावलाखेलका अर्नाले</span> <span class='c2'>चितवनमा पाडापाडी पाएपछि‍‍……</span>

चितवन, २५ भदाै । स्थानान्तरण गरी चितवन लगिएका तीनवटा अर्नाले पाडापाडी जन्माएका छन् । कोशीटप्पु राष्ट्रिय निकुञ्ज र ललितपुरकाे जावलाखेलस्थित सदर चिडियाखानाबाट २०७३ माघमा ल्याइएका अर्नाले अहिले पाडापाडी पाएका हुन् । यसलाई संरक्षणको क्षेत्रमा अर्थपूर्णरुपमा हेरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुला खोर निर्माण गरी ती अर्ना राखिएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार साउन ३१ गतेदेखि शनिबारसम्म तीनवटा अर्नाले पाडापाडी जन्माएका हुन् । अर्नाले एउटा पाडी र दुई वटा पाडा जन्माएका छन् ।
तिनीहरुको चौबीसै घण्टा निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाले सुरक्षा र रेखदेख गरिरहेका छन् । पाडापाडीले आफ्नै आमाको दूध खाने भएकाले अन्य अतिरिक्त खाना दिइएको छैन । ती पाडापाडी स्वस्थ रहेको निकुञ्जको पूर्वी सेक्टर हेर्दै अाएका सहायक संरक्षण अधिकृत अभिनय पाठकले बताए ।
ठूला वन्यजन्तुको वंश संरक्षण गर्ने उद्देश्यले स्थानान्तरण गरी ती अर्ना ल्याइएका थिए । कोशीटप्पुबाट १२ वटा र सदर चिडियाखानाबाट तीनवटा अर्ना ल्याइएकामा सदर चिडियाखानाका अर्ना ल्याएलगत्तै मरेका थिए । दुई वटा गत वर्षको बाढीले बगाएर मरेका थिए भने अर्काे एउटा बाघले खाएको थियो । सो ठाउँमा सात पोथी र दुई भाले माउ रहेका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकाल अर्ना संरक्षणमा सफलता मिलेको बताउँछन् । ठूलो सङ्ख्या नभएसम्म बाहिर छोड्न नमिल्ने भएकाले थप अर्ना ल्याउनुपर्ने उनकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्