सप्तरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

<span class='c1'>सप्तरीमा ट्रकको ठक्करबाट</span> <span class='c2'>दुई जनाको मृत्यु</span>

राजविराज (रासस) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आइतबार साँझ दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना२ख ३००१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा५०प ६००० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापाको मेची नगरपालिका–६ बस्ने ३४ वर्षीय अर्पण तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २८ वर्षीय अल्केश थापाको पनि मृत्यु भएको छ । उनको भने उपचारको लागि राजविराजस्थित गजेन्द्र सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिप्रकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्