बुढीगंगा गाउँपालिकामा सिमेन्ट चोरी गर्ने एक पक्राउ

बुढीगंगा गाउँपालिकामा सिमेन्ट चोरी गर्ने एक पक्राउ

मोरङ, भाद्र २५।

मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका-४ मा शनिबार राती सिमेन्ट चोरी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिवार राती १० बजेको समयमा कोशी राजमार्ग सडक बिस्तार गर्न साईड वाल बनाउनको लागि राखिएको सिमेन्ट चोरी गरी ठेलामा लोड गरेर लैजाँदै गरेको अबस्थामा ३ बोरा सिमेन्ट सहित मोरङ बुढीगंगा गाउँपालिका-२ बस्ने बर्ष ३५ को छविलाल सरदारलाई ईलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

ठेला र सिमेन्ट सहित पक्राउ परेका सरदारलाई ईलाका प्रहरी कार्यालय निमुवामा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्