सिरहामा करवृद्धिको विरोध गर्दै सातदलीय मोर्चाद्वारा विरोध प्रदर्शन

सिरहामा करवृद्धिको विरोध गर्दै सातदलीय मोर्चाद्वारा विरोध प्रदर्शन

सिरहा भदौ २५ । सिरहाको गोलबजार नगरपालिकामा करवृद्धिको विरोध गर्दै सातदलीय मोर्चाले विरोध प्रदर्शन गरेको छ ।

नगरपालिकाले लागू गरेको सम्पूर्ण नयाँ कर स्थगित गरी साविककै करलाई निरन्तरता दिन मोर्चाले माग गरेको छ ।

आन्दोलनरत मोर्चाका तर्फबाट काँग्रेसका नेता राजदेव साहले गाउँघरमा दुःख गरेर बनाएका घर र एकीकृत सम्पत्ति कर अहिले नै लगाउने अवस्था नभएकोले तत्काल नयाँ कर फिर्तालिनुपर्ने माग गरेका छन् ।

सोही क्रममा संघीय समाजवादी फोरमका नेताले साना किसान तथा गरिवहरुमाथि लाग्ने कर पूर्ण मिनहा गर्नु पर्ने माग गरेका छन् ।

कोणसभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका नेता रामनारायण सिंहले जनताले अहिलेपनि विभिन्न नाममा कर बुझाउँदै आएको भन्दै नयाँ करप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्