​इलाममा पहिरोले राजमार्ग अवरुद्ध , सवारीसाधन रोकिए

<span class='c1'>​इलाममा पहिरोले राजमार्ग अवरुद्ध</span> <span class='c2'>, सवारीसाधन रोकिए</span>

इलाम भदौ २५ । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाँउपालिका–४ जोरकलशमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । रातभरि परेको अविरल बर्षापछि आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङलगायत क्षेत्रमा आउने तथा जाने करिब तीन दर्जन सवारीसाधन रोकिएका छन् ।

बिहान ९ बजेबाट सुरु भएको पहिरोबाट मोटरसाइलक समेत रोकिएको ट्राफिक प्रहरीले जानकारी दिएका छन् । पहिरो पन्छाउन जेसिबी आए पनि पहिरो खस्ने क्रम जारी रहेकाले राजमार्ग सञ्चालन गर्न समस्या भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्