सप्तरीको बोदेबरसाइन नगरपालिकाद्वारा आठ सेवा निःशुल्क

<span class='c1'>सप्तरीको बोदेबरसाइन नगरपालिकाद्वारा</span> <span class='c2'>आठ सेवा निःशुल्क</span>

राजविराज, भदौ २५ गते । सबैतिर कर वृद्धि भएको गुनासो आइरहेका बेला सप्तरीको बोदेबरसाइन नगरपालिकाले कुनै पनि शीर्षकमा करको दरमा वृद्धि नगरेको जनाएको छ ।

जनतालाई सहुलियत हुने गरि विभिन्न आठ शीर्षकमा कायम गरिएको कर मिनाहासमेत गरेको नगरप्रमुख आतेशकुमार सिंहले बताउनुभयो ।

यसअघि नगरपालिकाले कायम गरेको केही शीर्षकको कर बढी भएको सेवाग्राहीबाट गुनासो आउन थालेपछि कार्यपालिकाको बैठकबाट छलफल गरी कर दर रेटमा संशोधनसहित आठ शीर्षकको कर मिनाहा गरी निःशुल्क गरिएको प्रमुख सिंहले जानकारी दिनुभयो ।

नगरपालिकाले जारी गरेको सूचनामा नागरिकता प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्धबिच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश र स्वास्थ्यसम्बन्धी सिफारिश सेवा निःशुल्क गरिएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्