मोरङ बुढीगंगाको घटना:आमा छोरा झुन्डिएको अवस्थामा फेला,अर्का छोरा डोरी चुडिएर बाँचे

मोरङ बुढीगंगाको घटना:आमा छोरा झुन्डिएको अवस्थामा फेला,अर्का छोरा डोरी चुडिएर बाँचे

विराटनगर,भदौ २५। मोरङको बुढीगंगा गाउँपालिका–२ अमाहीमा सोमबार विहान एकै परिवारका आमा र उनका पाँच वर्षीय छोरा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । यता , अर्का १० वर्षीय छोरा पनि झुण्डिएको तर डोरी चुडिएर बाँचेका छन् ।

बुढीगंगा गाउँपालिका–२ अमाहीमा बस्ने आमा कविता यादव र उनका पाँच वर्षीय छोरा अमन मृत भेटिएका हुन् । उनका १० वर्षे छोरा निशान भने डोरी चुडिएर बाँच्न सफल भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक मनोज केसीले हत्या या आत्महत्या भन्नेबारे अनुसन्धान जारी रहेको बताए । मृत भेटिएकी कविताको लास पनि डोरी चुडिएर भुँईमै लडेको अवस्थामा भेटिएको थियो ।

बाँचेका निशानको विराट मेडिकल कलेज टंकीसिनवारीमा उपचार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्