यसरी भयो विराटनगरका दुई ठूला कलेजको एकता ! (भिडियो सहित)

यसरी भयो विराटनगरका दुई ठूला कलेजको एकता ! (भिडियो सहित)

प्रेम देवान
विराटनगर, २५ भदौ । प्रदेश नं १ का विद्यार्थीहरुलाई अन्तराष्ट्रियस्तरको गुणस्तर तथा व्यवहारिक शिक्षा प्रदान गर्न विराटनगरका दुई ठूला नाम चलेका कलेज एकीकृत भएका छन् ।
विराटनगरमा रहेका मेरिल्याण्ड कलेज र शिक्षादिप कलेजवीच एकीकृत भई संयुक्त रुपमा स्नातक तह र सो माथिको उच्च तहको विभिन्न विषयहरु अध्यापन गराउन मर्ज भएको जनाएको छ । दुई कलेजले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै एक आपसमा मर्च भएको जानकारी दिएका छन् ।
मेरिल्याण्ड कलेज र शिक्षादिप कलेजवीच एकीकृत भई संयुक्त रुपमा स्नातक तह र सो माथिको उच्च तहको विभिन्न विषयहरु अध्यापन गर्न हिमालय दर्शन कलेज संचालनमा ल्याइएको जनाएको छ ।
विराटनगरको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरसम्मको ढाचामा लैजान सक्ने गरी दुई कलेज एकीकृत गरिएको संचाचलक समितिका संस्थापक गुणराज ढुङगेलले जानकारी दिनुभयो ।
शैक्षिक कार्यक्रम संचालन गरी वहुराष्ट्रिय कम्पनीका लागि विद्यार्थीहरुलाई प्रतिस्पर्धी वनाउन तथा यस क्षेत्रलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले कलेज संचालनमा ल्याइएको उहाँले बताउनुभयो । ढुंगेलले यस क्षेत्रका विद्यार्थीहरुलाई दिल्ली र वेजीङका विद्यार्थी सरहको प्रतिस्पर्धी वनाउन कलेज प्रतिवद्ध रहने विस्वास व्यक्त गर्नुभयो ।
मेरील्याण्ड कलेजका निर्देशक भेषराज पोखरेलले नयाँ प्रविधिको प्रयोगमार्फत विद्याथीहरुलाई दक्ष वनाउने कार्यमा कलेज क्रियाशिल रहने बताउनु भयो ।
उहाँले कलेज संचालनका स्वदेशी पूँजीको प्रयोगको गर्ने भन्दै हाल भौतिक तथा अन्य कार्यकालाई रु ३ करोड लगानी गरी वर्षेनी थप लगानी गर्ने गरी विश्वका प्रचलित नयाँ –नयाँ विषय कलेजले अध्यापन गराउने जानकारी दिनुभयो ।
हिमालय दर्शनले त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन लिई यसैवर्षदेखि विएस्सी सिएस आईटी, स्नातक तहको सूचना व्यवस्थापन, स्नातक तह कम्प्यूटर एप्लिकेशन, स्नातकह तहको होटल व्यवस्थापन र स्नातक तहको व्यापार व्यवस्थापन विषयमा अध्यापन शुरु गर्ने भएको छ ।

https://www.facebook.com/ourbrt/videos/311792796067681/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्