जोगवनीमा लागुऔषध प्रयोग गर्न जानेलाई प्रहरीले दिनभर निगरानीमा राख्ने

जोगवनीमा लागुऔषध प्रयोग गर्न जानेलाई  प्रहरीले दिनभर निगरानीमा राख्ने

विराटनगर, २५ भदौ । नेपालबाट जोगवनी लागुऔषध प्रयोग गर्न जाने दुव्र्यसनीलाई प्रहरीले अब दिनभरी निगरानीमा राखेर अभिभावकको जिम्मा लगाउने भएको छ । पछिल्लो समय सिमावर्ती भारतमा लागुऔषधको प्रयोगकर्ता बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय मोरङले सोमबारबाट तीन महिने लागु औषधअपराध बिरुद्धको अभियान शुरु गरेको छ ।
नेपालबाट सिमावर्ती भारतीय बजार जोगबनीमा गएर दुब्र्यसन गर्ने दुब्र्यसनीलाई लक्षित गरि अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले जानकारी दिनुभयो ।
सो अबसरमा बोल्दै उहाँले लागु औषधको प्रयोगले विभिन्न अपराधहरुको जडकोरुपमा देखिन थाले पछि अभियान सुरु गरिएका छौं । यस अभियानमा सरोकारवाला, नागरीक समाज र स्थानिय जनप्रतिनिधिहरुसंग सहकार्य गरिने बताउनुभयो ।
लागुऔषध प्रयोगकर्तालाई सिमा प्रहरी चौकी रानी नजिक टेन्टको ब्यावस्थागरी सिमावर्ती तथा आसपासको क्षेत्रमा प्रहरीको सम्पर्कमा आउने दुब्र्यसनीहरुलाई प्रत्येकदिन ५ बजेसम्म राखेर अभिभावकको जिम्मा लगाइने जनाइएको छ ।
यस्तै दुब्र्यसनीहरुको अभिलेख राखिने र उनिहरुलाई काउन्सिलिङ तथा अभिमुखिकरण तालिमको ब्यवस्था गरिने मोरङ प्रहरीका प्रवक्ता निसान थापाले जानकारी दिनुभयो ।
अभियानकालागि लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर तथा जिप्रकाले आवश्यकता अनुसार दक्ष जनशक्ति समेत उपलब्ध गराउने जनाइएको छ । अभियानको क्रममा उपचार तथा पुर्नस्थापना केन्द्रमा लगिएका लागुऔषध प्रयोगकर्ताहरुको १५÷१५ दिनमा प्रगति विवरण तयार गरिने लगायतका कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्