बिराटनगर बजार शनिबार बन्द नगर्न प्रदेश सभामा आवाज उठ्यो

बिराटनगर बजार शनिबार बन्द नगर्न प्रदेश सभामा आवाज उठ्यो

विराटनगर, भदौ २५, शनिबार बिराटनगर बजार बन्द हुने गर्दछ  । बिराटनगर बजारमा चहलपहल शनिबार हुने भएपनि बजार बन्द भएर सर्वसाधारण मारमा परेको र शनिबार बजार बन्द नगर्न बीचबीचमा कुरा पनि उठ्दै आएका छन् ।

यस्तै , प्रदेश नम्बर १ को प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रदेशसभाकी सांसद बसन्तीदेवी यादवले शनिबार विराटनगर बजार बन्द नगर्न आग्रह गरेकी छन् । प्रदेशसभाको शून्य समयमा बोल्दै सांसद यादवले शनिबारको दिन  विराटनगर बजार बन्द हुँदा सर्वसाधारण मारमा पर्दै आएको बताइन । शनिबार सबैको बिदा हुने हुदा बजार गएर सपिंग गर्ने सर्वसाधारण बजार बन्द हुदा निराश भएको उनको भनाइ छ। 

उनले शनिबार विराटनगर बन्द हुँदा जोगवनीको व्यापार बढ्ने र देशलाई नै घाटा हुने बताइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्