विराटनगर, २६ भदौ ।
तेह्रथुमको फेदाप गाउँपालिका ५ ईसिवु वस्ने एक युवाको खोलाले बगाउदा मृत्यु भएको छ । स्थानीय खहरे खोला तर्ने क्रममा खोलाले बगाउँदा ईन्द्र वहादुर फोम्बोको मृत्यु भएको हो । ४२ वर्षिय मृतक फोम्बोलाई खोलाले २ सय मिटर बगाएर ढुङ्गाको च्यापमा मृत अवस्थामा फेला पारेको स्थानीयवासी पुरुषोतम तिम्सिनाले बताउनुभयो । तेह्रथुममा विहानदेखि परेको पानीका कारण खोलामा पानीको बहाव धेरै बढेको छ ।