मलामी गएका दुई युवा नै नदीमा बेपत्ता ,खोजीकार्य जारी

मलामी गएका दुई युवा नै नदीमा बेपत्ता ,खोजीकार्य जारी

बनेपा (रासस) काभ्रेपलाञ्चोकमा सुनकोशी नदीले बगाउँदा सोमबार दुई जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र सोही ठाउँका १८ वर्षीय आशिष पहरीलाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको हो । गाउँकै सुनिल पहरीको मलामी गएका दुवै जना महादेवस्थान नजिकबाट पौडी खेल्ने क्रममा बगेका हुन् ।

इलाका प्रहरी कार्यालय कात्तिके देउरालीबाट प्रहरी निरीक्षक कञ्चन राजचल नेतृत्वको टोली तथा स्थानीयवासी उनीहरुको खोजीकार्यमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्