नेपाल विद्यार्थी संघको महाधिवेशन कात्तिकमा हुने

नेपाल विद्यार्थी संघको महाधिवेशन कात्तिकमा हुने

काठमाडौं भदौ २६ । नेपाल विद्यार्थी संघको महाधिवेशन कात्तिकमा हुने भएको छ । कात्तिकको १६ देखि १८ गतेसम्म १२ औं महाधिवेशन गर्ने निर्णय नेविसंघले गरेको छ । नेविसंघको बैठकले गरेको निर्णयअनुसार अध्यक्षसहित ६ सदस्यीय पदाधिकारीले केन्द्रीय समितिमा उठेका विषयहरु समावेश गरेर संशोधित नियमावली पार्टीलाई बुझाउनेछन् ।

त्यसैगरी विधान, नियमावली पार्टीबाट अनुमोदन भएलगत्तै क्याम्पस, जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि गरेको छ ।

असोज ७ गते देशैभरका मावी र क्याम्पसमा अधिवेशन गर्ने, असोज १२ गाउँपालिका, नगरपालिकामा अधिवेशन गर्ने, असोज १५ गते प्रदेश क्षेत्र, असोज २१ मा ७७ वटै जिल्लाको अधिवेशन र असोज २३ गते उपत्यकाभित्रका क्याम्पसमा अधिवेशन गर्ने निर्णय नेविसंघले गरेको छ । त्यसैगरी कात्तिक १० र ११ मा ७ वटै प्रदेशको अधिवेशन गर्ने निर्णय पनि नेविसंघले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्