बदलिँदो सामाजिक पारिवारिक परिवेशका कारण जेष्ठ नागरिक एक्लिने खतरा

बदलिँदो सामाजिक पारिवारिक परिवेशका कारण जेष्ठ नागरिक एक्लिने खतरा

विराटनगर, २६ भदौ ।
प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले ज्येष्ठ नागरिकले सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण सृजना गर्नु तिनै तहका सरकारको साझा दायित्व भएको बताएका छन् । विराटनगर–१ स्थित विष्णुमाया सामुदायिक भवनको १३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै उनले बदलिँदो सामाजिक पारिवारिक परिवेशका कारण जेष्ठ नागरिक एक्लिने अवस्था सृजना हुँदै गएकाले तीनै तहका सरकारले आफ्नो साझा दायित्वका रुपमा रहेको जेष्ठ नागरिकको सुरक्षा र सम्मानजनक जीवनयापनको वातावरण बनाउनुपर्ने बताए ।
उनले प्रदेशका अन्य संघसंस्थाले पाउने बजेट जेष्ठ नागरीकका संघसंस्थाले समानरुपमा पाउनेसमेत बताए ।
यस्तै बिष्णुमाया सामुदायिक भवनका अध्यक्ष केशवप्रसाद गौतमले आफ्नो संस्थाले जेष्ठ नागरीकहरुको सुरक्षा र सम्मानजनक जीवनयापनका लागि विविध कार्यक्रम संचालन गर्दै आएको बताए । कार्यक्रममा ७५ वर्षमाथिका ३१ जना जेष्ठ नागरीकलाई सम्मान गरिएको थियो । जेष्ठ नागरीकहरुलाई छात्ता, लट्ठी, दोसल्ला, रुद्राक्षको माला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्