भारतिय ट्रकको ठक्करबाट विराटनगरको पान्चालीमा एकजनाको मृत्यु, २ जना घाईते

भारतिय ट्रकको ठक्करबाट विराटनगरको पान्चालीमा एकजनाको मृत्यु, २ जना घाईते

 

विराटनगर, २६ भदौ ।
बिराटनगरमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । भारतीय नम्बर प्लेटको एचआर ५५ एल ३४३९ नम्बरको भारतीय गाडीले को ५ प ३२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा एजनाको ज्यान गएको हो भने दुई जना घाईते भएका हुन् ।
मंगलवार बिहान करिब ११ बजेको कोशी राजमार्ग अन्तरगत महेन्द्रचोकमा ठक्कर ट्रकले दिएको हो । ठक्करबाट मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ का ३० बर्षिय अंशु अग्रवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यस्तै ३८ बर्षिय मनोज अग्रवाल र उनकी ७ बर्षिय छोरी अनिसा अग्रवाल गम्भिर घाईते भएकी छिन् ।
भारतीय ट्रक चालक भारतको आलिगढ बस्ने बर्ष ३० को कमल सिंहलाई वडा प्रहरी कार्यालय (क) विराटनगरको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्