विराटनगरको पाञ्चाली मोडमा आज सवारी दुर्घटनामा एक महिलाको घटना स्थलमा मृत्यु ,बाबुछोरी घाईते

विराटनगरको पाञ्चाली मोडमा आज सवारी दुर्घटनामा एक महिलाको घटना स्थलमा मृत्यु ,बाबुछोरी घाईते

प्रेम देवान
विराटनगर २६ भदौ । विराटनगर ९ पाञ्चाली मोड स्थित बसपार्क दक्षिण कोशी राजमार्गमा आज विहान ११ बजेको समयमा सवारी दुर्घना हुँदा एक महिलाको मृत्यू भएको छ भने दुई जना घाईते भएका छन् ।
महेन्द्रचौक देखि जोगबनी तर्फ जादै गरेको ज्च् छछी ज्ञद्धज्ञढ नम्बरको भारतिय मालबहाक ट्रकले सोहि दिशा तर्फ जादै गरेको को ५ प ३२०० नम्बरको मो.सा.लाई ठक्कर दिएको थियो ।
मोटर साईकल चालक रंगेली ७ बस्ने वर्ष ३८ बर्षिय मनोज अग्रवालले चलाएको मोटरसाईकलमा पछाडी सवार उनीकी श्रीमती ३० बर्षिय आसु अग्रवालको घटना स्थलमा मै मृत्यू भएको छ ।
सोही मोटरसाईकलमा सवार उनीकी ७ बर्षिया छोरी अनिशा अग्रवाल र मोटरसाईकल चालक मनोज अग्रवाल घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते दुवैको सप्तकोशी नर्सिङ अस्पतालमा उपचार भईरहेको छ भने मृतकको शव कोशी अञ्चल अस्पतालको शव गृहमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ प्रहरी निरीक्षक शिव पोखरेलले जानकारी दिनुभयो ।
ठक्कर दिने ट्रक र चालक अलिगढ बस्ने ३० बर्षिय कमल सिंहलाई ईप्रका रानिको नियन्त्रणमा रहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्