कानेपोखरीको छधारेमा यात्रुबहाक बसलाई ओभरटेक गर्ने कार पल्टिदा १ को मृत्यू ४ घाईते….

कानेपोखरीको छधारेमा यात्रुबहाक बसलाई ओभरटेक गर्ने कार पल्टिदा १ को मृत्यू ४ घाईते….

प्रेम देवान
विराटनगर २६ भदौ । पूर्वपस्चिम लोकमार्गमा आज विहान सवारी र्दुघटना हुँदा १ को मृत्यू ४ जना घाईते भएका छन् ।

मंगलबार विहान १०ः ३० बजेको समयमा मोरङ कानेपोखरी गाउपालिका ७ छधारे स्थित पुर्व पश्चिम लोक मार्गमा यात्रु बहाक बसलाई ओभरटेक गर्ने कार पल्टिदा १ को मृत्यू भएको छ ।
पश्चिमबाट पूर्व तर्फ जादै गरेको को १ ख ६४३५ नम्बरको बसलाई बा १९ च ६१२२ नम्बरको कारले ओभरटेक गर्ने क्रममा बसको अगाडीको भागमा ठक्कर खाई कार अनियन्त्रित पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रमुख शिव पोखरेलले जानकारी दिनुभयो ।
कारमा सवार ४ जना घाईते र १ जनाको उपचारको क्रममा पथरी अस्पतालमा मृत्यू भएको उहाले जानकारी दिनुभयो । मृत्यू हुनेमा धरानकी ५५ बर्षिया ललिता अग्रवाल रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी घाईते हुनेमा चितबन भरतपुर १ बस्ने वर्ष अ ३२ को अनिल अग्रवाल , धरान १ बस्ने ८१ बर्षिय विश्वनाथ अग्रवाल , चितबन भरतपुर १ बस्ने वर्ष ३० की गिता अग्रवाल र भरतपुर नपा १ बस्ने वर्ष ९ बर्षिय बरुण अग्रवाल घाईते भएका छन् । हाल बस र चालकलाई ईलाका प्रहरी कार्यलय पथरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्