किशोरीलाई जवरजस्ती करणीको आरोपमा ज्ञानेन्द्र प्रहरीको फन्दामा

किशोरीलाई जवरजस्ती करणीको आरोपमा ज्ञानेन्द्र प्रहरीको फन्दामा

विराटनगर २६ भदौ । सुनसरी जिल्लाको दुहबी नगरपालिका ३ लविपुर स्थित नमूना टोलमा एक किशोरीलाई जबरजस्ती करणीको को आरोपमा १ जनालाई पक्राउ गरिएको छ ।
करणी प्रयासको आरोपमा खोटाङ रुपाकोट(मझुवागढी नगरपालिका(८ घर भई हाल सुनसरी लविपुर नमूनाटोल बस्दै आईरहेका २५ बर्षीय ज्ञानेन्द्र राई सोमवार राती पक्राउ परेका हुन् ।
राईलाई आईतवार राती १२ बजे लविपुर स्थित नमूना टोलकी १७ बर्षीया १ किशोरीलाई आफन्तको घरमा सुतिरहेको अबस्थामा करणी प्रयास गरेको आरोप लागेको छ ।
स्थानीयले दिएको जानकारी अनुसार ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको एक नम्बर प्रदेश प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्