४० हजार राहत शिक्षकले एकैपटक काम छोड्ने चेतावनी

४० हजार राहत शिक्षकले एकैपटक काम छोड्ने चेतावनी

काठमाडौं भदौ २६ । राहत शिक्षकको मागप्रति सरकार गम्भीर नरहेको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले ४० हजार राहत शिक्षकले एकैपटक काम छोड्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने राहत शिक्षकले उठाउँदै आएको मागलाई संघीय संसदमा पेश हुने शिक्षा विधेयकबाट सम्बोधन गरिने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गर्न अपिल गरेको छ । अपिललाई समितिले अस्वीकार गर्दै सरकार बोलीमा मात्रै गम्भीर छु भनेर एउटै कुरा दोहोर्याएर अलमलमात्रै गर्न खोजेको आरोप लगाएको छ ।

समितिका वरिष्ठ सहअध्यक्ष नवीन धामीले तीन महिनाअघि पनि सरकारले यही कुरा भनेको भन्दै लिखित सम्झौता नगरी आन्दोलन स्थगित नगर्ने बताए । मन्त्रालयसँग सोमबार अबेर भएको छलफलमा आफ्ना मागप्रति सरकार गम्भीर नभएको पाएको उनको भनाइ छ । “सरकारको नीतिभित्र यदि हामी पर्दैनौ भने अब असहयोगको रुपमा आन्दोलनलाई अघि बढाउँदै ४० हजार राहत शिक्षकले एकै पटक काम छोड्छौं । हामीले राहत शिक्षकको व्यवस्थापन गर्नुपर्छ भनेका छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्