बिराटनगर भदौ २६ । सुनसरीको दुहबी नगरपालिका–३ लविपुर स्थित नमूना टोलमा एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
करणीको आरोपमा खोटाङ रुपाकोट–मझुवागढी नगरपालिका–८ घर भई हाल सुनसरी लविपुर नमूनाटोल बस्दै आएका २५ वर्षीय ज्ञानेन्द्र राई सोमवार राती पक्राउ परेका हुन् ।
राईलाई आइतबार राती लविपुर स्थित नमूना टोलकी १७ बर्षीया एक किशोरीलाई आफन्तको घरमा सुतिरहेको अबस्थामा करणी प्रयास गरेको आरोप लागेको छ ।
इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरी थप अनुसन्धान गरीरहेको छ ।