आज दर खाने दिन : मिष्ठान्न परिकारका साथ दर खाने परम्परा

<span class='c1'>आज दर खाने दिन : मिष्ठान्न</span> <span class='c2'>परिकारका साथ दर खाने परम्परा</span>

काठमाडौं २६ भदौ। विभिन्न मिष्ठान्न परिकारका साथ आज नेपाली हिन्दू महिलाहरुले दर खाँदै छन् । हरितालिका तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ ।

आजको दिन तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउने गर्छन् ।तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन राति उठेर दर खाने चलन छ ।

द्वितीयाका दिन राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्