विराटनगरका युवा सुमन प्रसाईद्धारा जन्मदिनको खर्च कटाएर बाढी पिडीतलाई राहत प्रदान

<span class='c1'>विराटनगरका युवा सुमन प्रसाईद्धारा जन्मदिनको खर्च</span> <span class='c2'>कटाएर बाढी पिडीतलाई राहत प्रदान</span>

विराटनगर, २६ भदौ । अधिकांश मानिसले आफ्नो जन्मदिनमा फजुल खर्च गरेर ३ तारे होटल तथा रेष्टुराँमा जन्मदिन मनाउँछन् । तर विराटनगरमा यस्ता व्याक्ति पनि भेटिए जसले आफ्नो जन्मदिन मनाउने पैसाले बाढी पिडीतलाई रातह प्रदान गरेर उदाहरणीय काम गरेका छन् ।
विराटनगर १० का सुमन प्रसाइले जन्मदिनको अवसर विराटनग ८ मा रहेको सुकुम्वासी टोलका ६ परिवारलाई ३ महिनासम्मको लागि खानपुग्ने बिभिन्न खाद्यन्न सामाग्री वितरण गरेका हुने । उनले व्यक्तिगत ४० हजार बराबरको खाद्यन्न सामाग्री वितरण गरेका हुन् ।
युवा अभियन्ता पेरिस सुवेदीको पहलमा सुमन प्रसाईले उक्त स्थानमा पुगेर राहत हस्तन्तण गरेका हुन् ।
उनले ८ बोरा चामल, १२ किलो भुजा, २० किलो दाल, १२ किलो चिउरा, १० प्याकेट नुन, २५ प्यकेट बिस्कुट, २ सय पिस क्यान्डल, १० वटा झुल र १० जोडी चप्पल लागाएतका सामान हस्तान्त्रण गरिएको पेरिस सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्