मोरङकाे कानेपाेखरीमा यसरी भयाे कार दुर्घटना, एकजनाकाे मृत्यु

मोरङकाे कानेपाेखरीमा  यसरी भयाे कार दुर्घटना, एकजनाकाे मृत्यु

उर्लाबारी, २६ भदाै ।  मोरङकाे कानेपाेखरीमा मंगलवार बिहान भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा बा १९ च ६१२२ नं को कार अनियन्त्रित भई राजमार्ग किनारमा पल्टिँदा कारमा सवार धरान उपमहानगरपालिका– १ बस्ने ५५ वर्षीया ललिता अग्रवालको पथरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको छ । कारमा सवार धरान–१ बस्ने ८१ वर्षीय दिखनाथ अग्रवाल, चितवन भरतपुर महानगरपालिका बस्ने ३० वर्षीया गीता अग्रवाल, कार चालक सोही ठाउँका ३२ वर्षीय अनिश अग्रवाल र नौ वर्षीय बालक बरुण अग्रवाल घाइते भएका छन् । घाइते सबैको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्