विराटनगरमा ‘होटल मेनेजमेन्ट’ पढ्ने विद्यार्थीकालागि सास्थम कलेज प्रदेश एककै उत्कृष्ट वन्दै

विराटनगरमा ‘होटल मेनेजमेन्ट’ पढ्ने विद्यार्थीकालागि सास्थम कलेज प्रदेश एककै उत्कृष्ट वन्दै

 

प्रेम देवान/ओबी
विराटनगर,२७ भदौ । सन् २००२ साल देखि संचालनमा आएको विराटनगर १४ स्थित साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (सास्थम) कलेज होटल मेनेजमेन्ट पढ्नेहरुकालागि बिद्यार्थीको गन्तब्य बन्दै गएको छ ।
आफ्नै निजी भौतिक संरचना र सुविधा सम्पन्न कलेजको भवनमा अन्तराष्ट्रिय स्तरको होटल मेनेजमेन्ट पढाई हुँदै आएको छ । कलेजमा होटल मेनेजमेन्ट सम्बन्धि अध्ययन पुरा गर्नको लागि भौतिक सामाग्री कलेज भित्रै उपलब्ध भएपछि बिद्यार्थीको आकर्षण बढेको हो ।
कलेजले हालसम्म ब्याच्लर ईन होटल मेनेजमेन्टका १५ औं व्याजका विद्यार्थीहरु उत्पादन गरिसकेको कलेजले जनाएको छ । २००२ मा ३ जना विद्यार्थीबाट सुरु भएको वि.एच.एम विषयका विद्यार्थी अहिले कलेजमा ७० जनासम्मको कोटामा विद्यार्थीहरुलाई भर्ना गराईरहेको कलेजका वि.एच .एमका कार्यक्रम संयोजक महेश्वरप्रसाद सिहले जानकारी दिए । कलेजमा होटल मेनेजमेन्ट अध्ययन अध्यापन गराउनको लागि दक्ष तथा अनुभवी शिक्षकहरुबाट पढार्इँदै आएको सिहले बताए । प्लस टु अध्ययन गरेका जो सुकै विद्यार्थीले स्वत विएच एममा भर्ना हुन सक्ने पनि उनको भनाई छ । कलेजमा विशेष गरी फुड प्रोडक्सन, सर्भिस फुड एण्ड वेवरेज, हाउस किपिङ र फ्रन्ट अफिसका विषयमा सैद्धातिक पढाईसँगसँगै प्रयोगात्मकका शिक्षण विधी गराएर विद्यार्थी दक्ष तथा अनुभवी बनाउने गरेको छ ।
अध्ययन गर्न भारतबाट
विशेष गरी कलेजमा पूर्वी ईलाम ,झापा,मोरङ धनकुटा, तेह्रथुम सुनसरी भोजपुर, उदयपुर लहान राजविराज सम्मका विद्यर्थीहरु सास्थम कलेजमा पढाई गर्न आउने गरेका छन् । त्यति मात्र हैन छिमेकी राष्ट्र भारतको अरिया, फारविजगञ्ज सम्मका विद्यार्थीहरु होटल मेनेजमेन्ट पढ्न आउने गरेको सास्थम कलेजका प्रिन्सीपल देवराज श्रेष्ठले जानकारी दिए । पूर्वाञ्चल युनिभर्सिटीबाट मान्यताप्राप्त कलेजले ४ बर्षे विएचएमको पढाई गराउँदै आएको छ ।
तालिमका लागि  विदेशमा पनि
कलेजमा अध्ययन गरेका विएचएमका विद्यार्थीहरु ४ बर्षे कोर्ष अध्ययन गर्नुपर्ने हुन्छ । विद्यार्थीहरु ४ बर्षे अध्ययन पुरा गर्न नेपाल तथा विदेशको अध्ययन संगसगै ठूला तारे होटलमा प्रयोगात्मक शिक्षणको लागि अध्ययन गर्ने गरेका छन् । कलेजको आफ्नै मातहतमा रहेको विराटनगरको होटल रत्ना, सास्थम बेकरी क्याफे र धनकुटाको होराईजन रिर्सोटमा विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षण गराईँदै आएको कलेजले जनाएको छ ।
यसका अलवा कलेजले आफ्ना विद्यार्थीहरुलाई चाईना, दुवई, बराईन, कतार, माल्दिब्स, थाईलेण्ड र मलेसिया जस्ता देशहरुमा तालिमका लागि पठाउँदै आएको छ । विद्यार्थीहरु विदेशमा तालिम सँगै रोजगारी समेत गर्दै आएका छन् ।
अहिलेसम्म करिब ३ सय बढी विद्यार्थी होटलमेनेजमेन्ट अध्ययन गरेर आ– आफ्नो पेशा तथा व्यावसाय संञ्चालन गरेर बसेका छन् । सास्थम कलेजमा होटल मेनेजमेन्टको मात्र पढाई नभई विविएको पनि पढाई हुँदै आएको छ ।
२००९ देखि विविए संकायको पनि अध्ययन हुदै आएको प्रोग्राम कोअर्डिनेटर सुरज खतिवडाले जानकारी दिए । कलेजबाट अध्ययन पुरा गरेका विद्यार्थीहरु विभिन्न बैक तथा बितिय संस्थासँगै, सरकारी जागिर र आफ्नै उद्योग व्यावसाय संचालन गर्दै आएका छन् । सास्थम कलेजमा पढाईका अतिरिक्त खेलकुद संगितिक मनोरञ्जनका क्षेत्रमा विद्यार्थीहरुले फरक भुमिका समेत देखाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्